काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा विदेश भ्रमणमा जाने भएका छन्। प्रधान सेनापति शर्मा आगामी असार ४ देखि १० गतेसम्म लेबनान र सिरिया भ्रमणमा जाने भएका हुन् ।
शर्माले भ्रमणका क्रममा शान्ति सेना मिसनहरूको विविध पक्ष एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने जनाएको छ । भ्रमण टोलीले सिरिया र लेबनानमा मिशनहरूको वस्तुस्थिति, अपरेशनल गतिविधि तथा फौज तैनाथीको जानकारी लिई शान्ति मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने नेपाली सेनाले जनाएको छ ।
उक्त भ्रमण लगत्तै महारथी शर्मा पुनः संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा आगामी असार १३ देखि १७ गतेसम्म अमेरिकाको भ्रमणमा जानेछन्।