विष्णुलाई मिनेन्द्रको जवाफ- ‘यो संसद् छलेर ल्याइएको बजेट हैन’

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट उत्कृष्ट आएको बताएका छन् । नेता रिजालले बजेटमाथि छलफल प्रतिक्रिया दिँदै उनले बजेट सकारात्मक आएको र जस्तो आउनुपर्ने हो त्यस्तै आएको बताएका हुन् ।

उनले नेकपा एमाले नेता पौडेललाई चालू आर्थिक वर्षको बजेट घोषणा सम्झाएका छन् । ‘चालू आर्थिक वर्षको बजेट ल्याउँदाको स्थिति सम्झनुहोस् न,’ रिजालले पौडेललाई भने, ‘संसद् छलेर सिंहदरबारमा ल्याइएको बजेट कस्तो थियो ?’ रिजालले निवर्तमान सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा गरिसकेपछि संसद् छलेर बजेट ल्याइएको सम्झिए ।

तर, यस वर्ष सरकारले निर्वाचन घोषणा नगरिसकेकाले यो संसद् रहेसम्मका लागि संसद्ले पारित गर्ने गरी बजेट प्रस्तुत भएको रिजालको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार