आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण बन्द

काठमाडौं उपत्यकामा आजदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ। सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले बन्द गरिएको हो ।

टनेल भित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश गरेकोले टनेको मुख्य ढोका बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र प्रसाद पन्तले जानकारी दिए।
ढोका बन्द भएपछि आज बिहानदेखि मेलम्चीको पानी महाँकालचौर पानी भण्डारण पोखरीमा आउन छाडेको छ। पन्तका अनुसार पानी परेर टनेलमा धमिलो पानी प्रवेश गर्न थालेपछि ढोकालाई विस्तारै बन्द गर्न सुरु गरिएको हो। उनले भने, ‘एकै चोटी बन्द गर्ने हैन विस्तारै विस्तारै बन्द हुँदै जान्छ।’

खानेपानी शाखा महांकाल चौरले पनि विज्ञप्ति जारी गर्दै सुन्दरीजल मुहान र गोकर्ण डिप बोरिङबाट संकलन हुने खानेपानी बितरण गर्न छाडेको जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार