बागमती प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै

बागमती प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रममाथि छलफल गर्दैछ। प्रदेश सरकारले सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९्–८० को नीति तथा कार्यक्रममाथि आज छलफल हुन लागेको हो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति, एक वडा–एक पशु कार्यालय, स्मार्ट लाइसेन्स, विद्युतीय सवारीसाधनको व्यवस्थापन लगायत कार्यक्रम समावेश गरेको छ।

नीति तथा कार्यक्रममाथिको छलफल मंगलबार नै सक्ने र बुधबार सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यतालिका रहेको प्रदेश संसद् सचिवालयले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार