प्रतिनिधिसभामा बजेटमाथि सैद्धान्तिक छलफल जारी

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमाथि सैद्धान्तिक छलफल जारी छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा आय व्ययको छलफल सुरू गर्न प्रस्ताव गरेसँगै छलफल सुरू भएको हो ।

अर्थमन्त्री शर्माले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । आज सोही बजेटमा गरिएका व्यवस्थाका बारेमा संसद बैठकमा छलफल सुरू भएको हो

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार