पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि करिब एक घण्टासम्म उडान–अवतरण रोकिएको छ । बिहान नौ बजेपछि भने उडान–अवतरण जारी रहेको छ ।
हवाई जहाजमा तेल भर्न जाँदै गर्दा एउटा ट्यांकर रनवेको नजिकै पल्टिएर तेल पोखिएको थियो ।
विमानस्थलमा तेल पोखिए पनि ठूलो क्षति भने हुन पाएन । पल्टिएको ट्यांकर क्रेनको सहायताले उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम गरिएको थियो ।