कैलालीको गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृत भेटिएका छन्। ६५ वर्षीय हेमबहादुर ऐर र उनकी पत्नी ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन्।
श्रीमान् घरबाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै ओछ्यानमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा पत्नीको हत्या गरेर हेमबहादुरले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। घटनास्थलबाट एउटा खुकरी फेला परेको छ।घटनाबारे थप अनुसन्धान जारी छ ।