विश्‍वासको मत माग्‍ने नैतिक अधिकार ओलीसँग छैन : प्रचण्ड

प्रचण्डको प्रश्न : फेरि मध्यावधिमा जान खोजेको त होइन ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई सदनले विश्वासको मत नदिने स्पष्ट पारेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै प्रचण्डले आफूले विघटन गरेको संसद्सँग विश्‍वासको मत माग्‍ने नैतिक अधिकार नभएको दाबी गरेका छन् । संसद भंग गरेर प्रधानमन्त्रीले सांसदहरुलाई जबरजस्ती मर्‍यौं भनेको भन्दै उनले अघि भने, ‘तपाईले विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीजी ?’

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेपछि प्रधानमन्त्रीले स्वीकार गर्न लागेको भन्ने लागेको भएपनि राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा फैसला मान्न तयार नभएको प्रष्ट पारेको उनले बताए । प्रचण्डले अघि भने, ‘आज यदि तपाईले विश्वासको मत प्राप्त हुँदैन । त्यसपछि संविधानको अर्को धारामा जान्छु र सदनलाई फेरि विघटन गर्न र मध्यावधिमा जान आउनु भएको त होइन ?’

उनले संविधान मर्म अनुसार नै संसद् पुनस्स्थापना भएलगत्तै ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको स्मरण गरे । उनले देशमा कोरोना लागेजस्तै संविधानलाई पनि कोरोना लागेको भनेर व्यङ्ग्य गरे । उनले राष्ट्रिय समस्या प्रधानमन्त्री ओली कि म भनेरसमेत प्रश्न गरे । प्रचण्डले वामगठबन्धनको स्थायीत्व र विकास र समृद्धिको योजना तुहेको धारणा राखे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार