पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो ।
विमानस्थलमा तेल पोखिए पनि आगो भने लाग्न पाएन । अहिले क्रेनले पल्टेको ट्यांकर उठाउने र तेल पोखिएको स्थानमा सफा गर्ने काम जारी छ ।