आफैले उत्पन्न गरेको परिस्थितिका कारण विश्वासको माग्न आउनुपरेको देउवाको भनाई

ओलीलाई आत्मसमिक्षा गर्न सुझाव

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले आफ्नो गल्ती अरुमा थोपर्ने काम गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्ने प्रस्ताव राखेपछि बोल्दै देउवाले वर्तमान सरकारले धेरै गल्ति गरेको र दोष अरुमा थोपर्ने काम गरेको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले संविधान व्यवस्था समाप्त गर्न लागेकोले प्रमुख प्रतिपक्ष कांग्रेसले विश्वास दिन नसकेको उनले बताए ।

प्रधानमन्त्री ओली आफैले उत्पन्न गरेको परिस्थितिका कारण अहिले विश्वास माग्न आउनुपरेको भन्दै देउवाको भनाइ थियो । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आत्मसमिक्षा गर्न पनि सुझाव दिएका छन् । सभापति देउवाले कार्यकारीको भूमिकामा रहेका प्रधानमन्त्रीले देश र जनताको हितमा काम गर्न कसले र कहाँ रोक्यो भन्दै प्रश्न गरे । उनले कोरोना संक्रमितले अक्सिजन नपाएर जनताको अनाहकमा ज्यान गइरहेको र सरकार मुकदर्शक बनको आरोप लगाए । देउवाले कोभिड महामारीमा समेत कमिसन र भ्रष्टाचारमा सरकार लिप्त भएको भन्दै यस्तो अक्षम्य अपराधको जनताले जवाफ दिने धारणा राखेका छन् ।

प्रधानमन्त्री ओलीको वक्तव्य आत्मरति र आत्मप्रशंसामा केन्द्रीत रहेको भन्दै देउवाले सरकारका असफलताको इतिहासले मूल्यांकन गर्ने तर्क गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार