काठमाडौंका मेयर बालेन र प्रधान सेनापति शर्माबीच भेटवार्ता

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् ।सोमबार पदभार ग्रहण गरेका शाहले प्रधान सेनापति शर्मासँग भेट गरेका हुन् ।

वैशाख ३० गते भएको स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार शाह काठमाडौं महानगरपालिको मेयरमा निर्वाचित भएका हुन्। सोमबार नै उनले पदको सपथ लिएका थिए।

सैनिक मुख्यालयमा भएको भेटमा प्रधानसेनापति शर्माले शाहलाई कार्यकालको सफलताको शुभकामना दिएका थिए । मेयर शाह र प्रधान सेनापतिबीचको भेटले सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार