नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना अनुमति नदिएको भन्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) ले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ।
सोमबार सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज मुद्दाको सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिएका हुन्। इपिएलले भने अन्तरिम आदेश माग गरेको थियो। यसका लागि अर्को छलफलका लागि बोलाइएको छ।
यसअघि क्यानले देशको एउटा मात्र आधिकारिक लिग हुने बताउँदै अरू लिगलाई राष्ट्रिय मान्यता नदिने स्पष्ट पारेको थियो। साथै, क्यानले आगामी असोजमा हुने नेपाल टी–२० लिगका ६ वटा टिम समेत घोषणा गरेको थियो। क्यानले अरू लिगलाई क्षेत्रीय मान्यता दिन भने सकिने उल्लेख गरेको थियो।