कार्यपालिका र जिससमा पनि तालमेल गर्न गठबन्धनको निर्देशन

सत्तारुढ गठबन्धनले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको आसन्न निर्वाचनमा पनि तालमेल यथावत् राख्ने निर्णय गरेको छ ।

सोमबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै स्थानीय कार्य पालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा सहमति गर्ने निर्णय गरेको हो ।

ती निर्वाचन गठबन्धन दलहरुबीच तालमेल सार्थक बनाउन प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय समेत बैठकले गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार