अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका हुन् ।
‘बजेटमा चुनावी कुरा छैन, थोरै बाहेक हिजोकै कुरालाई निरन्तरता दिएको हो’ उनले भने, ‘उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो र ?’
उनले किसानलाई उत्प्रेरित गर्न किसान पेन्सनको कार्यक्रम ल्याएको भन्दै त्यसलाई चुनावसँग जोड्न नमिल्ने बताए ।