वीरगञ्ज । वीरगञ्जमा २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।
प्रहरीले मोरङको कटहरी गाँउपालिका–४ का २५ वर्षीय सुरजकुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र संखुवासभाको खाँदवारी नगरपालिका –१० का ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्कीलाई पक्राउ गरेको हो ।उनीहरु तीनै जनाविरुद्ध जर्बजस्ती करणी र मानव बेचविखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रहरीका अनुसार ०७९ जेठ ५ गते सुरजले काठमाडौंमा बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज बोलाएका थिए । सुरजले बसपार्कस्थित एक होटलमा लगेर पटक पटक करणी गरेपछि जेठ ९ गते २ सय रुपैयाँ दिएर काठमाडौं फर्किन भनेका पीडितले प्रहरी समक्ष बताएकी छन् ।