सीसीअनुसार मोटरसाइकल तथा स्कुटरको मूल्यमा घटबढ हुने

सरकारले मोटरसाइकल तथा स्कुटरमा करको दर घटाएको छ । २०० सीसीभन्दा कम क्षमताका अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट सावर्जजनिक गर्दै सरकारले १२५ देखि २०० सीसीम्मका मोटरसाइकल तथा स्कुटरमा अन्तःशुल्क १० प्रतिशत घटाएको जानकारी दिए । यसअघि ५० प्रतिशत रहेको अन्तःशुल्कलाई घटाएर सरकारले ४० प्रतिशतमा झारेको हो ।

यस्तै सरकारले २०० सीसी भन्दामाथिका मोटरसाइकलमा भने भारी दरमा कर बढाएको छ । २०० सीसीभन्दा कम क्षमताको मोटरसाइकलमा करको दर नचालएको सरकारले सरकारले त्यसभन्दा माथि ब्यापक हेरफेर गरेको छ ।

सरकारले २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क २० प्रतिशतले बढाएको छ । यो रेन्जमा यसअघि ६० प्रतिशत रहेको अन्तशुल्क ८० प्रतिशत बनाइएको छ ।

यो समूहका बाइकमा यसअघि ३० प्रतिशत लाग्दै आएको भन्सार दर १० प्रतिशतले बढाएर ४० प्रतिशत बनाइएको छ । यसले नेपालमा ठूलो दरमा बिकिरहेको २२० सीसीमा बाइकहरुको मूल्य उच्च दरमा बढ्ने भएको छ ।

यसअघि सबै मोटरसाइकलमा ३० प्रतिशत नै भन्सार लाग्ने गरेको थियो । २५१ सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा ७० प्रतिशत पुर्याएको छ । अन्तःशुल्क ८० प्रतिशत कायम पुगेको छ ।

५०१ सीसीदेखि माथिका सबै मोटरसाइकल आयात गर्दा भन्सार ८० प्रतिशत भन्सार लाग्नेछ भने १०० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार