तारा एयरकाे विमान दुर्घटना : १६ जनाको शव संकलन

तारा एयरको जहाज दुर्घटनास्थल मुस्ताङको थासाङ– २ मा १६ जना यात्रुको शव भेटिएको छ।नेपाल नागरिक उड्ययन प्राधिकरणले दुर्घटनास्थलबाट १६ जनाको शव भेटिएको पुष्टि गरेको हो।

तारा एयरको नाइन एन एईटी ट्विनअट्टर जहाज आइतवार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको केही मिनेटमा बेपत्ता भएको थियो।

तारा एयरको जहाज दुर्घटना भएको अहिले ३ जना सेना, चार जना शेर्पा र ९ जना स्थानीयबासीले उद्धार गरिरहेका छन्। चालक दलका तीन जनासहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार