काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्ने तयारी

औपचारिक निर्णय भोलि

काठमाडौंले उपत्यकामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने तयारी भएको छ । काठमाडौंका उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायबीचको बैठकले थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश भएको हो ।

आज बसेको बैठकले कोरोना संक्रमण बढदो अवस्थालाई कसरी नियन्त्रण गर्ने लगायत आगामी रणनीतिको विषमा सामान्य छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले यसबारे भोलि औपचारिक निर्णय गर्ने पनि जानकारी दिएका छन् । उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । जारी निषेधाज्ञा २९ गते राती १२ बजेसम्म कायम छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार