सपथग्रहणमा माला लगाउन मानेनन् मेयर बालेनले

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले आज सपथग्रहण समारोहमा माला लगाउन अस्वीकार गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित सपथग्रहण समारोहका क्रममा उनले माला लगाउन नचाहेका हुन् ।

यसअघि बालेनले काठमाडौंको फोहोरको समस्या समाधान नगरेसम्म माला र खादा नलगाउने तथा कुनै उत्सव नमनाउने बाचा गरेका थिए । सोही बाचामा अडिग रहँदै उनले आज सपथग्रहणमा माला लगाउन नचाहेका हुन् । साह मेयर निर्वाचित भएको भोलिपल्ट ओखरपौवास्थित डम्पिङ साइटमा पुगेका थिए ।

मुख्य निर्वाचन अधिकृतले सबै जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गर्दै माला लगाइदिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार