विद्युतीय गाडीमा बढ्यो भन्सार दर

विद्युतीय सवारी साधनको कार महँगो भएको छ। सरकारले आर्थिक बिधेयकमार्फत विद्युतीय सवारी साधनको कर बढाएर महँगो बनाएको हो। सरकारले विद्युतीय गाडी प्रवद्र्धन गर्ने आफ्नै नीति विपरित भन्सार शुल्क वृद्धिसँगै अन्तशुल्क पनि लाग्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट विद्युतीय गाडीको अन्तशुल्क लाग्ने व्यवस्था गरेका छन् । यसअघि विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था थिएन । त्यस्तै, भन्सार करमा वृद्धि गरेको गरेको छ । १०० देखि २०० भन्दा कम किलोवाटको गाडीमा ३० प्रतिशत अन्तस् शुल्क लाग्ने छ।

२०० देखि ३०० भन्दा कम किलोवाटको गाडीमा ४५ प्रतिशत अन्तशुल्क लाग्ने भएको छ भने ३०० देखि माथिको गाडिमा ६० प्रतिशत अन्तस् शुल्क लाग्ने भएको छ।

सरकारले विद्युतीय गाडीको भन्सार शुल्क पनि बढाइ दिएको छ। चालु वर्षको बजेटमा १०० देखि २०० भन्दा कम किलोवाट क्षमताका गाडीमा १५ प्रतिशत लाग्दै आएको भन्सार शुल्क ३० प्रतिशत पुर्याइदिएको छ।

२०० देखि ३०० भन्दा कम किलोवाटको गाडीमा भन्सार ३० प्रतिशत लाग्दै आएकोमा अब ४५ प्रतिशत पुगेको छ। ३०० भन्दा माथि किलोवाट भएका गाडीमा ४० प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा अब ६० प्रतिशत लाग्ने भएको छ।

सरकारले बजेटमार्फत काठमाडौं उपत्यका लगायका सरहमा विद्युतीय गाडीलाई प्रवद्र्धन गर्ने घोषणा पनि गरेको छ । विद्युतीय गाडी बिक्रेताका अनुसार सरकारले अन्तशुल्क तथा भन्सार बढाएपछि यसको ५० प्रतिशतसम्मले मूल्य बढ्ने देखिएको छ ।

पछिल्लो वर्षमा विद्युतीय सवारीको आयात ह्वात्तै बढेको छ । साउनदेखि वैशाखसम्म करिब १५ सय वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार