संसद्को दोस्रो बैठक सुरु, ओलीद्वारा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत

केहीबेर रोकिएपछि संसद्को दोस्रो बैठक सुरु भएको छ । आजको अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल  गठन गरेर १५ मिनेट बैठक स्थगित गरे । त्यसपछि पुनः सुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार