जीवन बीमा गर्दा वार्षिक बीमा शुल्कमा ४० हजार रुपैयाँसम्म आयबाट घटाएर बाँकी रकममा कर तिर्न सकिने भएको छ । सरकारले व्यक्तिगत आयमा ५ लाखसम्मको सीमा तोकेको छ । ५ लाखसम्म कमाई गर्नेले १ प्रतिशत मात्रै कर तिरे पुग्छ ।
यदि कुनै बिमितले ४० हजार रुपैयाँभन्दा बढी बीमा शुल्क तिर्ने गरेको छ र ५ लाखभन्दा बढी आम्दानी गरेको छ भने उसले त्यो आम्दानीमा ४० हजार रुपैयाँसम्म घटाउन पाउने छ । यसअघि यस्तो सीमा २५ रुपैयाँ मात्रै थियो ।