काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले गठबन्धन सरकारले कार्यान्वयन गर्न बजेट नल्याएको टिप्पणी गरेका छन् । संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अधिकारीले बजेटमा कुनै विश्वसनीयता नभएको बताए ।
‘बजेटमा कुनै विश्वसनीयता छैन । यो कार्यान्वयन गर्न ल्याएको बजेट पनि होइन । यसले आर्थिक संकट समाधान गर्नेबारे सम्बोधन गर्न सकेन’, उनले भने ।
विगतमा एमालेलाई कनिका छर्ने बजेट ल्याएको आरोप लगाउने दलहरुले नै वितरणमुखी बजेट ल्याएको अधिकारीको भनाई छ ।