सरकारले आगामी आर्थिक वर्षदेखि आयकरको सिमा बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट भाषण गर्दै आयकरको सिमा ५ लाख रुपैयाँ र विवाहितको हकमा ६ लाख रुपैयाँ पुगेको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरेको हो । चालु आर्थिक वर्षमा सरकारले अविवाहित व्यक्तिका लागि ४ लाख र विवाहित व्यक्तिका लागि साढे ४ लाख रुपैयाँसम्मको आयकरमा छुट दिएको थियो ।