एमाले विभाजन गरेर अर्को पार्टी बनाए माधव–झलनाथतिर लाग्छु : वामदेव गौतम

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल र झलनाथ खनालले एमाले विभाजन गरेर अर्को पार्टी बनाएमा आफू त्यसमा सामेल हुने बताएका छन् ।
पार्टी एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गौतमले संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर गए पार्टीमा सामेल हुने बताएका छन् ।

उनका प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत् गौतमले आफ्ना कुरा सार्वजनिक गर्दै गौतमले नेकपा (एमाले) मै भएर माधव–खनाल समूहको समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा सहमति नरहने समेत बताएका छन् ।

गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेपछि प्रेस सल्लाहकार सुवेदीमार्फत आफ्नो दुई बुँदे धारणा सार्वजनिक गरेका हुन् । गौतमका प्रेस संयोजक सुवेदीका अनुसार ओलीले २०७५ जेठ २ मा एमालेलाई फर्काउन नमानेपछि आफ्नो साथ नरहेको प्रष्ट पारेका छन् । ओलीले आफू अघि बढिसकेको बताउँदै साथ दिन आग्रह गरेपछि गौतमले भनेका छन्, ‘त्यसो भए म तपाईको साथमा छैन ।’
यस्तै माधव नेपालहरुका सन्दर्भमा गौतमले भनेका छन्, वरिष्ठ नेता क।माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा ९एमाले० मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन । तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनेका लागि आजदेखि प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार