बढ्यो सरकारी कर्मचारीको तलब

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढाउने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै तलब भत्ता १५ प्रतिशत बढाउने बताएका हुन ।

अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।  वृद्धि भएको तलब साउन १ गतेदेखि लागू हुनेछ ।

सम्बन्धित समाचार