प्रमाणपत्रका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइने

सरकारले युवाहरुलाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्तर्गत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् ।

त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने उनले बताए । उनले स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालिम प्रदान गरिने उल्लेख गरे ।

अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट स्टेडियमको अधुरो निर्माण कार्य पूरा गर्ने व्यवस्था मिलाइने पनि बताए । यस्तै देशको जनसांख्यिक लाभको रुपमा रहेका युवाहरुको उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार