स्नातक र स्नातकोत्तरका विद्यार्थी स्थानीय तहमा तीन महिना स्वयंसेवक बन्न पाउने

काठमाडौं– सरकारले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले तीन महिना स्थानीय तहमा स्वयंसेवक गराउने नयाँ योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९ ८० का लागि बजेट प्रस्तुत गर्दै सो व्यवस्था समेटेका हुन् ।

प्राविधिक विषयमा स्नातक र अन्यमा स्नातकोत्तर पढ्ने विद्यार्थीलाई ९० दिनसम्म स्वयंसेवा गराइने भएको छ । स्थानीय तहको योजना निर्माण तथा ग्रामीण विकासमा योगदान गर्ने गरी न्यूनतम ९० दिन स्वयंसेवामा लगाउन सम्बन्धित विश्वविद्यालयले आवश्यक व्यवस्था मिलाउने अर्थमन्त्रीले बताए ।

बजेटमा शिक्षासँग सीप भन्ने अभियानका साथ माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम प्रदान गर्ने गरी पाठ्यक्रम विकास गरिने उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार