सरकारले ग्यास विस्थापनका लागि स्वचालित मूल्यमा बेच्ने घोषणा गरेको छ । खाना पकाउन ग्यासको विकल्पमा विद्युतीय प्रयोगलाई बढावा दिन स्वचालित मूल्य तोक्ने घोषणा गरिएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमार्फत यो घोषणा गरेका हुन् । सरकाले एलपीजी ग्यासमा दिँदै आएको अनुदान हटाउने घोषणा गरेसँगै मूल्य बढ्ने भएको हो । हाल सरकारले एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ अनुदान दिँदै आएको छ ।
अहिलेकै मूल्य तय भएमा ग्यासको भाउ २६७९ रुपैयाँ कायम हुनेछ। अहिले ग्यासमा आयल निगमले ८ सय ७९ रुपैयाँ अनुदान दिएर सिलिण्डरको १८ सय रुपैयाँमा बिक्री गरिरहेको छ।
यस्तै सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । अर्थमन्त्री शर्माले ‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम घोषणा गरे ।
यसअनुसार आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन सुरु गरिनेछ । आगामी तीन महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिण्डर मुक्त बनाइने बजेट वक्तव्यमा उल्लेख छ ।
एलपी ग्याँसमा अनुदान नदिने सरकारको तयारी, मूल्य २६ सय ८० पुग्न सक्ने