सरकारले काठमाडौंदेखि चितवनको यात्रा १ घण्टामा हुने गरी सडक निर्माण आयोजना घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन सडकमार्ग निर्माणको लागि बजेट छुट्याएको बताएका छन् ।
त्यस्तै चितवन–रामपुर–बुटवल र चितवन–रामपुर–पोखरा द्रूतमार्ग निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गरिने बजेटमा उल्लेख छ ।