सरकारले उच्च निर्यात सम्भावना भएका वस्तु तथा सेवाको पहिचान गरी निर्यातका लागि प्रबर्द्धन गर्ने भएको छ। सरकारले क्लिंकर, सिमेन्ट, डन्डी, फुटवेयर, प्रशोधित पानी निर्यातमा नगद अनुदान दिने भएको छ।
यो सबै बस्तु निर्यातमा सरकारले ८ प्रतिशत अनुदान दिने घोषणा गरेको छ। यसअघि पनि नेपालमा उत्पादन हुने वस्तुमा पाँच प्रतिशत नगद अनुदान दिने गरेको थियो।