रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर निर्माण गरिने

रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर निर्माण गरिने भएको छ । आइतवार संसदमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा आर्थिक वर्ष २०७९–८० को बजेट रूपन्देहीको सैनामैना र पूर्व नवलपरासीको देवचुलीमा अत्याधुनिक उपचार सहितको ट्रमा सेन्टर निर्माण गरिने घोषणा गरेका हुन् ।

यस क्षेत्र क्षेत्रका नागरिकको स्वस्थ्य जीवन सुनिश्चित गर्न ट्रमा सेन्टर निर्माण गरिन लागेको सरकारले बताएको छ । ट्रमा सेन्टर बनेपछि यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार