सरकारले ६८ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको घोषणा गरेको छ । आर्थिक वर्ष २०७९–८० को बजेटमा ६८ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने घोषणा भएको हो ।
अहिलेसम्म ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँदै आएका छन् । सरकारले बृद्धभत्ताको उमेरलाई घटाएर ६८ वर्ष कायम गरेको हो । सरकारले २०५१ सालमा सामाजिक सुरक्षास्वरूप ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई मासिक एक सय रुपियाँ प्रदान गरी उक्त कार्यक्रम सुरु गरिएको थियो।