यी स्थानमा अब व्यक्तिले घरजग्गा बेच्न नपाउने

अब नेपालमा घरजग्गाको  कारोबार  लाइसेन्स लिएका कम्पनी र व्यक्तिमार्फत मात्र गरिने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै घजग्गा मूल्यांकन प्रणालीलाई एक रुपता ल्याउन केही नीतिगत ब्यवस्था गरिने बताएका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले यो वर्षभित्र जग्गाको नापजाँच गरि भूमिहिनलाई जग्गाधनी पुर्जा दिने घोषणा गरेका छन् ।

यस्तै, आधिकारीक निकायबाट मात्रै घर जग्गा कारोबार गर्न पाउने व्यवस्था कार्यान्वय गर्ने अर्थमन्त्री शर्माले घोषणा गरेका हुन् ।

सुरुवातमा अब यो व्यवस्था कार्यान्वयन भएपछि काठमाडौँ महानगर लगायतका सबै महानगर र उपमहानगरपालिकाभित्र व्यक्तिले घरजग्गा बेच्न रोक लगाउने घोषणा गरिएको हो ।

सरकारको यो घोषणासँगै १७ ठूला शहरका व्यक्तीले घरजग्गा कारोबार गर्न पाउने छैनन् । अहिले देशमा ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार