९८ प्रकारका औषधि निःशुल्क पाइने, दीर्घरोगीका लागि १ अर्ब ५० करोड

सरकारले आर्थिक वर्ष २०७९/०८० बाट सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधि निःशुल्क दिने भएको छ ।

त्यस्तै दीर्घरोगीहरुका लागि गत वर्ष घोषणा गरेको औषधाेपचार खर्चलाई निरन्तरता दिने सरकारको तयारी छ ।

दीर्घरोगीका लागि रकम वितरण गर्न १ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रत्येक बिरामीले उक्त रकम ५ हजार रुपैयाँको दरले प्राप्त गर्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार