आर्थिक वर्ष २०७९/८० को लागि सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट मार्फत वाणिज्य मन्त्रालयलाई उक्त बजेट विनियोजन गरेको बताए ।
आगामी वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा घटेको छ । चालु आर्थिक वर्षमा सरकारले १३ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।