विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद खुला गर्ने सरकारको घोषणा

सरकारले निजी क्षेत्रले निर्माण गरेको अपार्टमेन्टको युनिट विदेशी नागरिकहरुले समेत खरिद गर्न सक्ने ब्यवस्था गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै एक सय भन्दा बढी युनिट भएका अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न दिने बताएका छन्।

कार्यान्वयन गर्न सरकारले आवश्यक कानूनी व्यवस्था गर्ने अर्थमन्त्री शर्माले उल्लेख गरेका छन्।

अहिलेसम्म नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्ने सुबिधा थिएन।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार