मासिक १० करोडभन्दा धेरै विद्युत खपत गर्ने उद्योगलाई महशुलमा छुट

सरकारले मासिक १० करोड रुपैयाँभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई १५ प्रतिशतसम्म छुट दिने भएको छ । आइतबार आर्थिक आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्युत् महशुलमा छुट दिने घोषणा गरेका हुन् ।

उनले मासिक १० करोडभन्दा बढी विद्युत् खपत गर्ने उद्योगलाई महशुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने बताए ।

त्यस्तै नेपालमै उत्पादन सम्भावना भएका उद्योगबाट उत्पादित वस्तुको खपतमा जोड दिइने समेत अर्थमन्त्री शर्माले बताए ।

यसैगरी, उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, फुटवेयर र खानेपानी जस्ता वस्तुको निर्यात प्रबद्र्धन गरिने छ । यस्ता वस्तुको निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार