सरकारले बिदेशी लगानीको सीमा घटाएको छ । सरकारले लगानीको सीमा ५ करोडबाट घटाएर २ करोड बनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट मार्फत प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउने सीमा घटाएका हुन् । उनले १० करोडसम्मको बैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकृति दिने घोषणा गरेका छन्।
उनले ठूला लगानीकर्ताले विद्युतीय प्रणालीबाट माग गरेमा सात दिनभित्र प्रारम्भिक सहमति दिने बताएका छन् ।