कमेडी च्याम्पियन सिजन-२ अनिश्चितकाललाई स्थगित

चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन सिजन-२’ अनिश्चितकालको लागि स्थगित भएको छ । कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँकन असम्भव भएपछि सो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।

‘अहिलेलाई हाम्रो छायांकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चाँडो नयाँ ऊर्जासहित आउने नै छौं’ रियालिटी सोले आफ्नो अफिसियल फेसबुक पेजमा उल्लेख गरेको छ । केही समयअघि कमेडी च्याम्पियनकी एक प्रतियोगीलाई कोरोना संक्रमण देखिएको थियो । जसका कारण एक साता सो बन्द भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार