सरकारले ‘किसान हित कोष’ स्थापना गर्ने

सरकारले कृषि क्षेत्रको प्रवर्द्धनका लागि ‘किसान हित कोष’ स्थापना गर्ने भएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् किसान पेन्सन योजनाअन्तर्गत ‘किसान हित कोष’ स्थापना गर्ने जानकारी दिएका छन्।

उक्त कोषमा किसानहरुले जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइने अर्थमन्त्री शर्माको भनाइ छ।

कोष स्थापना गर्नका लागि बिउँ पुजीको रुपमा सरकारले एक अर्ब रुपैँया छुट्ट्याएको अर्थमन्त्री शर्माले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार