सम्पर्कविहिन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका अधिकारीको भनाई
जिल्ला प्रशासन अधिकारी भन्छनः अहिलेसम्म कुनै त्यस्तो जानकारी पाएका छैनौ
विमान खोज्न सेनाका जर्नेल नेतृत्वको टोली मुस्ताङको लेतेमा
आईतबार बिहानदेखि सम्पर्कविहीन रहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका अधिकारीले जनाएका छन ।
नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टर पोखराका प्रमुख बाबुराम श्रेष्ठले दुर्घटनाग्रस्त अवस्थामा विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा भेटिएको जानकारी दिएको छन ।
श्रेष्ठका अनुसार खोजीकार्यमा जुटेको नेपाली सेनाको टोलीले जल्दै गरेको अवस्थामा विमान मौरिकोटको पारिपट्टी हुम भन्ने स्थानमा फेला परेको पुष्टि गरेका हुन । उनका अनुसार विमानमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ ।
तर, श्रेष्ठको भनाईलाई अन्य निकायले भने अहिलेसम्म पुष्टि गरेका छैनन ।
मुस्तांगका जिल्ला प्रशासन अधिकारीका अनुसार अहिले विमानको खोजीकार्य जारी रहेको तर भेटिएको भन्ने कुरा आफुले पनि सुनेको तर यकिन नभएको जानकारी दिए । आकाशबाट विमानजस्तै देखिएपनि उक्त स्थानमा जान पैदल ४ घण्टा लाग्ने भएकाले यसबारे थप पुष्टि हुने बाँकी रहेको टिभी अन्नपूर्णसँगको कुराकानीमा बताएका छन ।
कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको थियो। १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज सम्पर्कविहीन भएको हो । विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।
हराएको विमानका क्याप्टेनले अन्तिमपटक टावरलाई सोधेका थिए हावाको गति
थसाङको आकाशमा निकै कम उचाईमा बारम्बार घुमेको थियो तारा एयरको जहाज