सम्पर्कविहीन विमानमा गोरखाका एकै परिवारका ४ जना सवार

पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता तारा एयरको जहाजमा सवार ४ जना गोरखाका रहेको पाइएको छ । जहाजमा सवार २२ जनामध्ये चारजना गोरखाको सहिद लखन गाउँपालिका–५ तीनमाने स्थायी ठेगाना भएका गणेशनारायण श्रेष्ठ परिवार रहेका छन ।

गणेशनारायण श्रेष्ठ श्रीमती रश्मिसहित छोरीहरु रोजिना र रविना मुस्ताङ घुम्न गएको उनका आफन्तले जनाएका छन् । गणेशनारायणको परिवार केही साता अघिमात्रै अमेरिकाबाट नेपाल आएका थिए ।

‘जेठी छोरी रोजिना र कान्छी छोरी रविना सहित भाउजू रश्मीलाई लिएर गणेश दाई पोखरा घुम्न जानू भएको रहेछ, त्यतैबाट मुस्ताङ जानुभएको रहेछ।’ उनका छिमेकी बिजय पुडासैनीले भने।

पुडासैनीका अनुसार अमेरिकाबाट फर्केका उनीहरु पारिवारिक घुमघामका लागि निस्केका थिए । श्रेष्ठ परिवारका सबैको फोन अहिले अफ रहेको उनले बताए ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे उडेको तारा एयरको जहाज १०ः०७ बजेदेखि सम्पर्कविहीन भएको छ । जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना यात्रु छन् ।

 

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार