पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई बालकको मृत्यु

धनगढीमा पौडी खेल्नेक्रमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । उपमहानगरपालिका–३ मा पर्ने मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि पौडी खेलिरहेका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । मृत्यु हुनेमा धनगढी–३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार