विमान खोज्न सेनाका जर्नेल नेतृत्वको टोली मुस्ताङको लेतेमा

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन भएको छ ।उक्त जहाज विमान बिहान ९ : ५५ बजे जोमसोमका लागि उडेको थियो । बिहान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको विमानको खोजीमा नेपाली सेनाका जर्नेल नेतृत्वको उद्दार टिम सम्भावित घटनास्थल तर्फ गएका छन् ।

काठमाडौंबाट गएको एमआई–१७ हेलिकप्टरमा मध्यकमाण्ड पोखराका जर्नेल सहितको टिम घटनास्थलतर्फ गएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताए ।

मुस्ताङको घाँसा पोष्टबाट ६५ जना सैनिक टिम परिचालन गरिएको छ । सेनाको टोलीले मुस्ताङको लेते आसपासमा खोजी कार्य जारी राखेका छन् । अहिलेसम्म विमानको बारेमा कुनै जानकारी प्राप्त भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार