धौलागिरी अस्पतालमा पर्वतका एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका पर्वतको कुश्मा नगरपालिका वडा नं १ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भई यही वैशाख २० गते धौलागिरी अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको आज बिहान धौलागिरी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार