थसाङको आकाशमा निकै कम उचाईमा बारम्बार घुमेको थियो तारा एयरको जहाज

पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको जहाज औषत भन्दा कम उचाईमा थासाङ पुगेको थियो । हल्का बर्षा भैरहेको समयमा घर भन्दा केही माथी जहाज दुई तिन पटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका स्थानीयले बताएका छन् ।

‘हामि खाना खाँदै थियौं, जहाज धेरै पटक घुमेको थियो’ स्थानीयले भने ‘हल्का कुहिरो लागेर पानी परिरहेको थियो ।’ ।
पोखराबाट जोमसोमका लागि उडेको उक्त जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरेर हेलिकोप्टरको खोजी भइरहेको छ । उनका अनुसार नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजीमा प्रयोग गर्ने तयारी भइरहेको छ ।

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले भने, ‘सुर्खेत र काठमाडौं एयरबेसबाट हेलिकोप्टर परिचालन गर्न तयारी अवस्थामा छ ।’ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दिवेश लोहनीले सम्पर्कविहीन जहाजको स्थल र हवाई दुवै माध्यमबाट खोजी भइरहेको बताएका छन् ।

यसैबीच, मुस्ताङको घाँसामा ठूलो आवाज सुनेको र आगो बलेको देखेको भन्दै स्थानीयले खबर गरेका छन् । तर त्यहाँ अहिलेसम्म प्रहरी वा अन्य कुनै निकाय पुगेको छैन । प्रहरीका अनुसार यो सूचनालाई पुष्टि गर्ने प्रयास भइरहेको छ । यद्यपि, अहिले हराएको विमानको खोजीलाई त्यसतर्फ केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।

हराएको विमानका क्याप्टेनले अन्तिमपटक टावरलाई सोधेका थिए हावाको गति

 

लेते क्षेत्रमा २ पटक घुमेको थियो तारा एयरकाे जहाज

बेपत्ता भएको विमान खोजीका लागि मौसम बाधक

Breaking : तारा एयरको विमान १९ यात्रुसहित सम्पर्कविहीन

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार