हराएको विमानका क्याप्टेनले अन्तिमपटक टावरलाई सोधेका थिए हावाको गति

पोखराबाट जोमसोमका लागि जादाँ हराईरहेको तारा एयरको विमानका पाईलटले अन्तिम पटक जोमसोम टावरलाई हावाको गति सोेधेलगत्तै विमान सम्पर्कविहिन भएको देखिएको छ ।

जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माका अनुसार जहाज कमाण्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेसँग लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा भएको पुष्टि गरेका छन । लेतेमाथिको आकाशमा १२ हजार ५ सय फिटको उचाईबाट घिमिरेले टावरमा रहेका शर्मासँग जोमसोम क्षेत्रको हावाको गतीको विवरण मागेका थिए। शर्माले टिभी अन्नपूर्णलाई दिएको जानकारी अनुसार ‘तारा भन्दा अगाडि समिटको जहाज आइरहेको थियो।   ताराका क्याप्टेन घिमिरेले म सँग जोमसोमको हावाको गति कति छ भनेर माग्नु भएको थियो,’ शर्माले भने, ‘शर्मालाई हावाको गतिबारे जानकारी दिएपछि म समिटको जहाजलाई अवतरण गराउनतिर लागे, त्यसपछि ताराको जहाजलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै भएन।’

स्थानीय र प्रत्यक्षदर्शी प्रहरीका अनुसार क्याप्टेनले टावरसँगको हावाको गतिबारे जानकारी लिएको भनिएको समयपछि मुस्ताङको थवाग माथिको आकाशमा अस्वभाविक रुपमा निक्कै तलबाट बारम्बार विमान घुमिरहेको दृश्य देखिएको थियो । वर्षातको बेला निक्कै तलबाट विमान घुमिरहेको दृश्य देखेपछि उनीहरुले प्रशासनलाई जानकारी समेत दिएको स्थानीय एकजना जनप्रतिनिधीले टिभी अन्नपूर्णलाई बताएका छन ।

जोमसोमको हावाको विवरण माग्दा ताराको जहाज १२ हजार ५ सय फिटको उचाईमा रहेको उनले बताए। जोमसोम विमानस्थल ९ हजार फिट उचाईमा छ  । शर्माका अनुसार घिमिरेलाई जानकारी दिँदा जोमसोमको हावाको गति २५ नटिकल माइल प्रतिघण्टा ९४६.३ किमिको गतिमा थियो  । ‘हावाको गति ठिक त होइन, तर, जोमसोममा यो गतिको हावामा उडान र अवतरण हुन्छ,’ शर्माले भने। शर्माका अनुसार जोमसोममा ३० नटिकल माइल प्रतिघण्टा ९५५.५६ किमि०को गतिमा हावा रहँदासम्म उडान र अवतरण गर्ने गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार