Breaking : तारा एयरको विमान १९ यात्रुसहित सम्पर्कविहीन

पोखराबाट जोमसोम उडेरको तारा एयरको बिमान सम्पर्कविहिन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको ९ एन एईटी विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेका थिए । बिमान विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।

प्राधिकरणका अनुसार बिहान बिमान उडेको केहीबेरमै राडारको सञ्चार सम्पर्कबाट अफ देखाएको थियो । १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने बिमान मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको बताइएको छ ।  चालक दलमा क्याप्टेन घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज किष्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, चार भारतीयसहित २ अन्य देशका नागरिक थिए । बिमानबारे खोजविन सुरु भएको छ ।

हराएको विमानका क्याप्टेनले अन्तिमपटक टावरलाई सोधेका थिए हावाको गति

 

जहाज खाेज्न स्थलमार्गबाट सेना र प्रहरी पठाईयो

 

लेते क्षेत्रमा २ पटक घुमेको थियो तारा एयरकाे जहाज

 

बेपत्ता भएको विमान खोजीका लागि मौसम बाधक

 

तारा एयरको जहाज मुस्ताङको लेतेमाथि दुर्घटना भएको आशंका, को-को सवार थिए ?

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार