अमेरीकामा भएकाे गोली काण्डमा एक नेपालीको मृत्यु

अमेरिकाको बाल्टिमोरको उडलनमा भएको गोलीकाण्डमा परि २५ वर्षीय एक नेपाली युवाको मृत्यु भएको छ । उनीसँगै अर्का एक नेपाली युवा श्याम अधिकारी घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । सो घटनामा परि चार जनाको मृत्यु भएको छ ।

मृतक संखुवासभा, खाँदबारीका सागर घिमिरे भएको पुष्टि भएको छ । घिमिरे एक हप्ता अघिमात्र साउथ क्यारोलिनाबाट बाल्टिमोर बसाइँ सरेका थिए । उनी साउथ क्यारोलाइनाबाट स्नातक सकेर दुई–तीन महिना बाल्टिमोरमै काम गरेर खर्च जुटाई नेपाल फर्कने तयारीमा थिए । बाल्टिमोर नेपाली कम्युनिटीका अध्यक्ष सुवोध पन्तका अनुसार सर्लाहीका घाइते अधिकारी हाल खतरामुक्त छन् । उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।

बाल्टिमोरको उपनगर क्षेत्र वुडलनमा शनिबार बिहानै करिब ६ः३० मा गोलीकाण्ड भएको हो । बन्दुकधारी ५६ वर्षीय एभर्टनको पनि प्रहरीको गोली लागी मृत्यु भएको छ ।

वाल्टिमोरस्थित समाचारपत्रहरुका अनुसार मानसिक असन्तुलन भएका ५६ वर्षीय इभर्टन व्राउनले आफ्नो घरमा आगजनी र गोली चलाएका थिए । उक्त आगो टाउनहाउसका अरु तीन घरमा पनि सल्केको थियो । त्यसमध्ये दुइटा घर ध्वस्त छन् भने अर्को घर आधाभन्दा बढी जलेर नष्ट भएको छ । जलेका तीनमध्ये एउटा घर दुर्गा नेउपानेको थियो । मृतक र घाइते दुवै युवा सोही घरमा भर्खर सरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार